कार्यकर्ताबिच विवाद हुँदा मत पेटिका खोसाखोस, प्रहरीले चलायो ३ राउन्ड गोली « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कार्यकर्ताबिच विवाद हुँदा मत पेटिका खोसाखोस, प्रहरीले चलायो ३ राउन्ड गोली


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । सिराहामा दुई पक्षका कार्यकर्ताबिच विवाद बढ्दा मत पेटिका खोसाखोसको भएकाे छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडा नम्बर ६ मिर्चैयास्थित जनता मावि बडहर माल बुथमा गोली चलेको हो ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबिच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । मतपेटिका खोसाखोस भएपछि केही बेर तनाव भए पनि केही बेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।

यता चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।

राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको हो । मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस