राति ९ बजेबाट मतगणना सुरु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

राति ९ बजेबाट मतगणना सुरु


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौँलगायत तराईका जिल्लामा आज राति ९ बजेबाट मतगणना सुरु गरिने बताएका छन् ।

आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट उनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदान गर्दै यस्तो बताएका हुन् ।

उनले साँझ ५ बजे मतदान कार्य सम्पन्न भएपछि सबै मतपेटिका संकलन गर्ने कार्य प्रारम्भ हुने बताए । ७ बजेसम्म मतपेटिका संकलन गरी एकघण्टा छलफलको समय राखेर आजै राति ९ बजेदेखि मतगणना कार्य सुरु हुने उनले जानकारी दिए ।

हिमाली जिल्लामा मतपेटिकाहरु आजै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए ।

उनले प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने बताए । उनले मंसिर २२ गते भित्रमा सबै नतिजा आउने दाबी गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्न मतगणना अधिकृतहरूलाई आयोगले विशेष सुविधा प्रदान गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस