मतदान गरेपछि प्रचण्डले भने : गठबन्धनले बहुमत ल्याउँछ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मतदान गरेपछि प्रचण्डले भने : गठबन्धनले बहुमत ल्याउँछ


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् ।

चितवनको भरतपुर १४ स्थित राष्ट्रिय आधारभूत माविको मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहाले गठबन्धनले बहुमत ल्याउने र बहुमतको सरकार बनाउने दाबी गरेका हुन्।

पत्रकारको प्रश्नमा उनले अहिले प्रधानमन्त्रीको टुङ्गो लागि नसकेको बताए। प्रधानमन्त्री पद समस्याको विषय नभएको र छलफल गरेर टुङ्गो उनले बताए। ‘प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन ’, उनले भने। उनले निर्वाचन स्वच्छ र धाँधलीरहित हुने भन्दै सबै मतदातालाई मतदानमा भाग लिन आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस