रवि लामिछानेले प्रदेशसभाको मतपत्रमा खसाले मत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रवि लामिछानेले प्रदेशसभाको मतपत्रमा खसाले मत


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् ।

उनले आज बिहान काठमाडौँको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाले तर प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् ।

उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैँलाई भोट हाल्न पाउँदैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस