३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज यी गाडीहरू मात्रै चल्न पाउँछन !

अ+ अ-

काठमाडौँ । आज प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका गाडीहरू मात्रै सञ्चालन गर्न पाइने भएकाले आज गाडी चलेका छैनन् ।

दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सेवाका गाडी निर्बाध रूपमा चलाउन पाइने आयोगले जनाएको छ ।

आज बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने गाडी, दमकल, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले आवत जावतका लागि गाडी चलाउन पाउँछन् ।

सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अरू त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचयपत्रवाहक सञ्चारकर्मीले पनि निर्बाध रूपमा गाडी चलाउन पाउने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने गाडी, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने गाडी, फोहोर मैला ओसारपसार गर्ने गाडी, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने गाडी, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको गाडी, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको गाडी, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको गाडी, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने गाडीका लागि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । तर त्यस्ता गाडी मतदाता ओसारपसार गर्ने कामको लागि प्रयोग गर्न पाइने छैन ।

अपाङ्गता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको लागि वासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि वासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपाङ्गता परिचयपत्रका आधारमा गाडी चलाउन सकिने आयोगले जनाएको छ ।

यस्ता छन् आज चल्ने गाडीहरू :

प्रतिक्रिया दिनुहोस