राजेन्द्र लिङ्देनले भने-चुनाव प्रभावित पार्न मत सर्वेक्षण हुनु आपत्तिजनक  « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

राजेन्द्र लिङ्देनले भने-चुनाव प्रभावित पार्न मत सर्वेक्षण हुनु आपत्तिजनक 


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको पूर्वसन्ध्यामा भएका मत सर्वेक्षणहरूप्रति आपत्ति जनाएका छन् ।

निर्वाचनलाई प्रभावित तुल्याउने र बदनियतका साथ हचुवा र प्रायोजित ढङ्गले मत सर्वेक्षण भएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले यसलाई आचारसंहिता विपरीत भएका छन् ।

शनिबार विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘यस्ता कार्यहरू अविलम्ब रोक्न, सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट हटाउन र यसको प्रभावकारी अनुगमन गर्न राप्रपा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस