२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘क्यालिब्रेसन फ्लाइट’ गर्ने जहाज पोखरामा, दैनिक साढे ५ घण्टा हवाई सेवा प्रभावित हुने

अ+ अ-

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) गर्ने जहाज पोखरा आएको छ। शनिबार बिहान नेपालगञ्जबाट यो जहाज पोखरा आएको हो। पोखराको यो विमानस्थलको थाइल्यान्डको एरो थाई कम्पनिको जहाजबाट यान्त्रिक परीक्षण हुँदैछ।  

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मंसिर ५ गते (२१ नोभेम्बर) बाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट हुने बताएको छ। प्राधिकरणले मंसिर ११ (२७ नोभेम्बर)सम्म क्यालिब्रेसन फ्लाइटका लागि उडान तालिका स्वीकृत गरेको छ। त्यही अनुसार पोखराको हाल चल्तीमा रहेको विमानस्थलबाट हुने नियमित उडानका लागि ‘नोटाम’ जारी गरिएको छ।  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि बेलुकी साढे पाँचबजेसम्म क्यालिब्रेसन फ्लाइटका लागि नोटाम जारी गरिएको छ।

जोशीका अनुसार क्यालिब्रेसन फ्लाइटका लागि आएको जहाजले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जडित सबैखाले उपकरणको परीक्षण गर्ने छ। सञ्चार उपकरणको भने अहिले पनि परीक्षण भइरहेको छ। खागसरि इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम (आइएलएस) को परीक्षण हुनेछ। यो सिस्टम प्रविधिमा आधारित रहेर उडान र अवतरण गर्दाको अवस्थामा प्रयोग हुन्छ। ‘विमानस्थलको कम्युनिकेसन, नेभिगेसन लगायतका सबै प्रविधिको परीक्षण हुने उनले बताए। 

हवाई उडान हुने मुख्य समयमा पोखराको चालु विमानस्थलबाट हुने सबैखालका उडान प्रभावित हुने छन्। अहिले पोखराको चालु विमानस्थल बिहान साढे ६ बजे खुल्छ। तर, हुस्सु लाग्न थालिसकेकोले उडान समेत प्रभावित हुने गरेका छन्। विमानस्थल खुल्नासाथ पोखराबाट जोमसोम र काठमाडौँका लागि उडान सुरु हुन्छ। बेलुकी पोखरा विमानस्थलमा बास बसेको जहाजले बिहानै काठमाडौँका लागि उडान भर्छ। त्यस्तै बिहानैमात्र मा उडान हुने जोमसोमका उडान पनि बिहान हुन्छन्।  

अहिले पोखरा विमानस्थलबाट दैनिक दुइदर्जन बढी ठूला आकारका जहाजको उडान भइरहेको छ। पोखराबाट काठमाडौँसँगै भरतपुर, भैरहवा, धनगढी, नेपालगञ्ज र जोमसोमसम्मका लागि नियमित उडान भइरहेका छन्। बेलैमा विमानस्थल खुलेको खण्डमा क्यालिब्रेसन फ्लाइट अवधिमा बिहान १० बजे अघि र दिउँसो १ देखि साढे २ बजेसम्म (डेढघण्टा) मात्र उडान हुनेछ। 

पोखराको चालु विमानस्थलबाट बेलुकी ढिलोमा साढे पाँचबजेसम्म मात्र उडान हुन्छ। ‘हुस्सु लागेन भने त बिहानै धेरै उडान हुनेछन्। तर, हुस्सु लाग्न थालेको र यहीबेला क्यालिब्रेसन फ्लाइट हुने भएकोले नियमित उडान प्रभावित हुने बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले बताए। पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ। 

प्रतिक्रिया दिनुहोस