सिराहाको मिर्चैयाबाट दुई थान भरुवा बन्दुक बरामद « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिराहाको मिर्चैयाबाट दुई थान भरुवा बन्दुक बरामद


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । सिराहाको मिर्चैया नगरपालिकाको जङ्गल क्षेत्रमा पर्ने कमलदह नजिकै घुर्मी खोला किनारबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीका अनुसार हातहतियार बोकेर केही व्यक्ति घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा सादा पोसाकको प्रहरी टोलीले मिर्चैया-९ बाट शुक्रबार दिउँसो दुई थान भरुवा बन्दुक बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले केही समय पिछा गरेपनि बन्दुक बोक्नेहरू फेला नपरेपछि खोला किनारमा फालिएको बन्दुक मिर्चैया प्रहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको उनले बताए।

४ मंसिरमा हुने निर्वाचनका लागि सुरक्षाकर्मीहरू खटिएको मौका पारी भरुवा बन्दुकले सिकार गर्ने उद्देश्यले दुई व्यक्तिहरू निस्किएको हुनसक्ने आशङ्का गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस