कैलालीमा गोठमा आगलागी हुँदा २ लाख क्षति « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कैलालीमा गोठमा आगलागी हुँदा २ लाख क्षति


३ मंसिर २०७९, शनिबार


आगलागी

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा गोठमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ बालकृष्ण भण्डारी दुई तले कच्ची गोठमा आगलागी हुँदा गोठभित्र राखिएको काठ र भाँडा वर्तन जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नजिकै रहेको परालमा लागेको आगो गोठमा सल्किएको हो । गोठ खरले छाएको हुँदा आगो नियन्त्रण गर्न समय लागेको थियो ।

घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस