उम्मेदवार चढेको गाडी भित्रै बच्चा जन्मिएपछि…. « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

उम्मेदवार चढेको गाडी भित्रै बच्चा जन्मिएपछि….


३ मंसिर २०७९, शनिबार


दाङ । दाङमा उम्मेदवार चढेको गाडीभित्रै एक महिलाले बच्चा जन्माएकी छिन् । नेकपा एमालेबाट उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिप भित्रै तुलसीपुर उपमहानगरपालिका-१५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुलाई जन्म दिएको उनका श्रीमान् प्रदीप चौधरीले जानकारी दिए ।

आफन्तसँग भेटघाटमा रहेका पाण्डेले सुत्केरी व्यथाले थलिएको खबर पाएपछि उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा सृजनाले बाटोमै छोरीलाई जन्म दिएकी हुन् ।

बा १२ च ३६२४ नम्बरको स्कारपियो जिपमा अस्पताल लग्दै गर्दा राति १० बजेर ५५ मिनेट जाँदा छोरीको जन्म भएको हो । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएको राप्ती प्रादेशिक अस्पतालले जनाएको छ । सृजनाको यो दोस्रो सन्तान हो ।

Tags :
प्रतिक्रिया दिनुहोस