स्वतन्त्र उम्मेदवार लामाको गाडीबाट डेढ लाख बरामद « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वतन्त्र उम्मेदवार लामाको गाडीबाट डेढ लाख बरामद


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । महोत्तरी क्षेत्र नम्बर-१ बाट प्रदेशसभा ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका विष्णु लामाको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले खयरमाराबाट गाडी सर्च गर्दा डेढ लाख फेला पारेको महोत्तरी प्रहरीले जनाएको छ । 

यसबारे मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराउने तयारी भइरहेको जनाइएको छ । लामाले माओवादीबाट विद्रोह गरेर प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । लामालाई पक्राउ नगरिएको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस