निर्वाचनमा खटिएकी शिक्षिकाको निधन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

निर्वाचनमा खटिएकी शिक्षिकाको निधन


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएकी एक कर्मचारीको निधन भएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बुको निधन भएको धनकुटा प्रहरीले जनाएको छ । 

उच्च रक्तचापबाट पीडित रहेकी शिक्षिका मतदान केन्द्रमा सर्वदलीय बैठक चलिरहेका बेला अचानक बिरामी परेपछि उपचारका लागि लैजाँदै गर्दा बाटैमा निधन भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस