नेकपा एसका श्रेष्ठ र लोसपाका सोनललाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेकपा एसका श्रेष्ठ र लोसपाका सोनललाई आयोगले सोध्यो स्पष्टीकरण


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही क्षेत्र ४ (२)का लागि प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार जितेन्द्र सोनललाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा प्रचारप्रसार जारी राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

दुवैजनलाई एकै ब्यहोराको पत्र लेख्दै आयोगले भनेको  छ, ‘तपाईँहरूबाट निर्वाचन आचारसंहिता विपरीतका काम भए । तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही नहुनु पर्ने कारण के छ ?’

आयोगले पत्र प्राप्त भएको समयले १२ घण्टाभित्र आयोगको इमेल ठेगाना वा जिल्ला निर्वाचन कार्यालय बारामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस