‘भेलुबाजे’लाई पैसा दिएर प्रचार गराएको भन्दै सूर्य थापालाई फेरि सोधियो स्पष्टीकरण  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘भेलुबाजे’लाई पैसा दिएर प्रचार गराएको भन्दै सूर्य थापालाई फेरि सोधियो स्पष्टीकरण 


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले एमालेका प्रतिनिधिसभा उम्मेदवार सूर्यबहादुर थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।

मीनबहादुर बुढा (भेलुबाजे) लाई दुईहजार रुपैयाँ दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

प्युठानबाट उम्मेदवारी दिएका थापालाई यसअघि पनि आयोगले स्पष्टीकरण सोधेको थियो । 

थापालाई आयोगले सोधेको छ, ‘तपाईँले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईँले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईँलाई किन कारबाही हुनु नपर्ने हो ?’

आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस