काठमाडौँ-५ मा राप्रपाको सम्पर्क कार्यालय तोडफोड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ-५ मा राप्रपाको सम्पर्क कार्यालय तोडफोड


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौँ क्षेत्र नं. ५ स्थित निर्वाचन सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

गएराति एउटा समूहले कार्यालयमा तोडफोड गरेर झण्डा च्यात्ने र प्रचार सामग्री फ्याँक्ने काम गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनका अनुसार उनीहरूले कार्यालयमा नेकपा एमालेको झण्डा गाडेका छन् । ‘तर, त्यहाँ देखिएका मान्छेहरू एमाले समर्थक हुन् जस्तो देखिएको छैन’, श्रेष्ठले भने, ‘पहिले राप्रपामै रहेर पार्टी छाडेका मान्छेहरू देखिएका छन् ।’

यसबारे अनुसन्धान गरिदिन भन्दै राप्रपाले प्रहरीमा उजुरी पनि दिएको छ । प्रवक्ता श्रेष्ठले निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित बनाइदिन सरकारसँग पनि माग गरेका छन् ।

काठमाडौँ-५ मा राप्रपाबाट प्राध्यापक डा.रामप्रसाद उप्रेती, एमालेबाट ईश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस