ग्लोबल आइएमई र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी कर्जा उपलब्ध गराउने समझदारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ग्लोबल आइएमई र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी कर्जा उपलब्ध गराउने समझदारी


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

बिहीबार बैङ्कमा आयोजित एक कार्यक्रमबीच बैङ्कका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।का जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

समझदारी अनुसार बैङ्कले लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सहज रूपमा कर्जा प्रवाह गर्नेछ । 

आवश्यक कागजात तथा विवरण सहित बैङ्कको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैङ्कले नियमानुसार सहज रूपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ । यो सुविधा ग्लोबल आइएमई बैङ्कका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस