१ लाख मतदाता भेटेर उनीहरूको भावना र चाहना बुझे, अव आवाज हुनेछु : जगन्नाथ पौडेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१ लाख मतदाता भेटेर उनीहरूको भावना र चाहना बुझे, अव आवाज हुनेछु : जगन्नाथ पौडेल


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो क्षेत्रका करिब १ लाख भन्दा धेरै मतदाता भेटेको बताएका छन् । १  लाख ४४ हजार २८३ मतदाता रहेको चितवन ३ मा उनले  १ लाख भन्दा धेरै मतदातासँग प्रत्यक्ष संवाद गरेको दाबी गरेका हुन् । 

कार्तिक १७ गतेबाट चुनावी प्रचारप्रसार अभियान सुरु गरेका उनले मंसिर १ गते सम्म दैनिक घरदैलो गरेका थिए।

उनले अन्य दलका उम्मेदवार जस्तो कोणसभा तथा र्‍यालीका कार्यक्रम नगरी सामान्य तरिकाले प्रत्यक्ष मतदातासँग भेटघाट गरेको बताएका छन् । 

उनले भने, ’चितवन ३ का करिब १ लाख भन्दा धेरै मतदाता सँग प्रत्यक्ष संवाद गर्ने अवसर पाए , उहाँहरूको बिचार, भावना,चाहना र मागहरूलाई सुन्ने प्रयत्न गरे, मेरो चुनाव पछिको मुख्य एजेण्डा भनेकै जनताको आवाज हुनेछु ।’ 

चितवनको विकासका लागी उम्मेदवार पौडेल आफू योग्य रहेको दाबी गर्छन् । चितवन ३ मा चुनाबका लागी जे पनि गर्न सक्ने भन्दै गठबन्धनका पछाडि स्वार्थ लुकेको बताए । उनले भने, ‘गठबन्धन विकासका लागी हैन, यिनहरूले  स्वार्थका लागी गठबन्धन गरेर विकास गर्न सक्दैनन् ।’  

चितवन क्षेत्र नं.३ मा आफू योग्य उम्मेदवार रहेको र चितवन क्षेत्र नम्बर ३ का जनता आफ्नो साथमा रहेको बताए । उनले चितवन ३ मा विकासका लागी मंसिर ४ गते सूर्यमुखी फूल चुनाव चिन्हमा मतदान गरेर साथ दिन अनुरोध गरे । चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन्।  

Tags :
प्रतिक्रिया दिनुहोस