साढे ४ लाख मतदाताले समानुपातिकमा मात्र भोट हाल्न पाउने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

साढे ४ लाख मतदाताले समानुपातिकमा मात्र भोट हाल्न पाउने


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा साढे ४ लाख मतदाताले समानुपातिक प्रणालीतर्फ मात्र मतदान गर्न पाउने भएका छन् ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, जेलमा रहेका कैदीलगायतले प्रत्यक्ष तर्फ मतदान गर्न नपाउने भएका हुन् । 

अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस