जनताको सहभागितामा रुकुमको आर्थिक सम्बृद्धि हुन्छ : जनार्दन शर्मा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

जनताको सहभागितामा रुकुमको आर्थिक सम्बृद्धि हुन्छ : जनार्दन शर्मा


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले जनताको सहभागितामा रुकुमलाई आर्थिक सम्बृद्धिको बाटोमा अघि बढाइने बताएका छन् । 

बिहीबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित चुनावी सभामा बोल्दै शर्माले जनतालाई उत्पादनमा लगाउने र कृषिमा आधारित उद्योग स्थापना गरेर आर्थिक सम्बृद्धि र गरिबी अन्त्य गरिने बताए । 

उनले यसअघि दलहरूकै सहमतिमा रुकुम एकीकृत विकास मोडेल तयार भएर समाजवादको यात्रा तय भएको र अबको लक्ष्य आर्थिक सम्बृद्धि नै भएको बताए । साथै उनले रुकुममा अब विकास पार्टी बनाउने प्रस्ताव समेत अघि सारेका छन् ।

‘यो दल, उ दल भन्दापनि अहिले हामी गठबन्धनमा छौँ, अब विकास पार्टी बनाउ र त्यसको नेतृत्व गोपाल जङ्ग दाइले गर्नुपर्छ,’उनले भने,‘ अब यहाँ बाटो, पानीको मुहान खन्ने ठाउँमा विवाद हुने छैन, सामाजिक सांस्कृतिक अभियानले सामाजिक मेलमिलापको भूमिका निर्वाह गर्ने छ ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस