आफूले गरेका सात सङ्कल्प पुरा गरे : मन्त्री गहतराज  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आफूले गरेका सात सङ्कल्प पुरा गरे : मन्त्री गहतराज 


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले संसदमा निर्वाचित भएपछि सातवटा सङ्कल्प पुरा गरेको बताएका छन् । 

पहिलो कार्यकालका लागि निर्वाचित हुँदा अथकले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तीमा २ पटक अन्तरक्रिया गर्ने, यसक्षेत्र विद्यालय भवनबाट टिनको छानो विस्थापन गर्ने, राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालले जोड्ने तथा राप्ती सोनारी र नरैनापुरमा विद्युतीकरण गर्ने बाचा गरेका थिए ।

त्यस्तै जिल्लाको समग्र विकासको नेतृत्व लिने, बाँकेको पहुँच सिंहदरबारसम्म पुर्‍याउने र सिक्टा सिँचाइको काम अगाडि बढाउनुका साथै पूर्वी नहर निर्माण गरेर सिक्टाको पानी खेतमा पुर्‍याउने जस्ता सङ्कल्प गरेका थिए । 

गहतराजले आफूले गरेका यी सबै सङ्कल्प पुरा गरेको दाबी गरेका हुन् । गहतराज बाँके क्षेत्र नम्बर १ बाट वाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस