सिङ्गो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउँछौँ : ओली  « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सिङ्गो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउँछौँ : ओली 


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले सिङ्गो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने दाबी गरेका छन् । झापा-१ इँटाभट्टामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गदै ओलीले एमालेका नेता कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई जिताउनै पर्ने बताए ।

राप्रपा गठबन्धनमा नगएर आफूतिर आएकाले त्यो पार्टीका उम्मेदवारलाई एमालेले जिताउने उनको भनाइ थियो । उनले गठबन्धन सरकारको आलोचना गरे । मिलेर भाग खान गठबन्धन गरेको भन्दै राष्ट्रियताको कुरा सुन्नै नसक्ने गठबन्धनका उम्मेदवारलाई नभई एमालेलाई जिताउनु पर्ने उनको भनाइ थियो ।

एमालेसँग देश बचाउने र बनाउने भिजन रहेको उनले दाबी गरे । ओलीले विश्वप्रकाश र अग्नि खरेल होइन, विकास कि विनाशबीचको लडाइँ भएको उल्लेख गरे । उनले जनताले यो निर्वाचनमा गल्ती नगर्ने बताए ।

उनले एमालेले कार्यकर्ता खपत गर्नकै लागि झापा १ मा अग्नि खरेललाई नपठाएको बताए । उनले नीति निर्माण र सरकार चलाउन सक्छन् भनेर खरेललाई पठाएको ओलीको भनाइ थियो । यसअघि खरेल झापा २ बाट निर्वाचन लडेर विजयी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस