‘प्रत्यक्षतर्फको मतगणना ७ गतेभित्र सकिने’ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

‘प्रत्यक्षतर्फको मतगणना ७ गतेभित्र सकिने’


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको तीन दिनभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने योजना रहेको बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ हुने बताए । निर्वाचन अधिकृतलाई त्यसबारे कार्य योजना पठाउने उनले बताए ।

प्रत्यक्षतर्फको मतगणना सकिएको ५ दिनपछि समानुपातिक मत गणना सक्ने योजना रहेकोसमेत उनले बताए ।

‘४ गते बेलुका सबैतिर मतदान भइसक्छ । कहीँ दोहोर्‍याउनुपर्दैन भन्ने विश्वास छ । ५, ६, ७ गतेको बेलुकासम्ममा ‘फस्ट पास्ट दी पोस्ट’ प्रत्यक्षको सबै र त्यसपछिको ५ दिनभित्र समानुपातिकतर्फको सबै मतगणना सक्ने योजना छ ।’ उनले भने, ‘हामी मंसिर २२ गते सम्पूर्ण रिर्पोट बोकेर प्रतिवेदन बुझाउन राष्ट्रपतिज्यू समक्ष जाने तयारीका साथ लागिरहेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस