रेखा थापालाई मनीषा कोइरालाको समर्थन, रेखालाई भोट दिन आग्रह « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

रेखा थापालाई मनीषा कोइरालाको समर्थन, रेखालाई भोट दिन आग्रह


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले राप्रपा नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाको लागि भोट मागेकी छन् । अभिनेत्री थापाले मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी छन् ।

मनीषाले एक भिडियो सन्देशमार्फत प्रतिनिधिसभा सदस्यका लागि रेखालाई भोट मागेकी हुन् । उनले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितको लागि शुभकामना समेत दिएकी छन् ।

मनीषाले भोट मागेको भिडियो रेखाले सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उक्त भिडियोमा मनीषाले भनेकी छन्, ‘देश यति बेला निर्वाचनमय भएको छ । हाम्रै कला क्षेत्रबाट ख्याति कमाउनुभएको निडर, हिम्मतवाली राप्रपाकी कुशल नेतृ रेखा थापा मोरङ क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्नुभएको छ । म उहाँलाई विजयको अग्रिम शुभकामनासहित समर्थन गर्दछु । मोरङ ३ बाट मलाई हेरिरहनुभएको व्यक्तिहरूलाई यस पटक साहसी नारीलाई साथ दिन अनुरोध गर्दछु ।’

मनीषाले मात्र होइन, रेखालाई विभिन्न सेलिब्रेटीले समेत सामाजिक सञ्जाल मार्फत भोट मागिरहेका छन् । मनीषाले गत मङ्गलवार काठमाडौँ क्षेत्र नम्बर १ का राप्रपाका प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रका लागि भोट माग्दै घरदैलो समेत गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस