बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले व्यवस्थापन संकाय तर्फको स्नातक तह चार वर्षे बीबीएस प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गरेको छ ।

पनिकाले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा १५ महिनापछि बुधबार सार्वजनिक गरेको हो। लामो समयसम्म परीक्षाको नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरुले त्रिविले विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै चाँडो नतिजा सार्वजनिक गर्न दबाव दिएका थिए।

नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट  www.tuexam.edu.np मार्फत हेर्न सकिन्छ। 

पनिकाले भने कोभिडका बेला विद्यार्थीको पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गर्दा उत्तर पुस्तिका जम्मा गर्न समय लागेको बताउँदै आएको थियो। मंगलबार नै बिए प्रथम वर्षको परीक्षाफल पनि पनिकाले सार्वजनिक गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस