काहिलले खेल जीवनबाट सन्यास लिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काहिलले खेल जीवनबाट सन्यास लिए


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । इंग्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी काहिलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । डिफेन्डर काहिलले बुधबार ३६ वर्षको उमेरमा खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

‘मैले सपना देखेको चीजहरू हासिल गरे, केहि अविश्वसनीय सम्झनाहरू सिर्जना गरे,’ सन्यास घोषणा गर्दै काहिलले लेखेका छन्, ‘फुटबल एउटा खेल हो जसले मलाई धेरै आनन्द र सफलता दिएको छ र मैले मेरो जुत्ता झुण्ड्याउने निर्णय गर्दा म इमानदारीपूर्वक भन्न सक्छु कि मैले सबै कुरा दिए ।

काहिलले पछिल्लो पटक बर्नेमाउथबाट गत सिजन खेलेका थिए । काहिल प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा दुई वर्ष बिताएर बर्नेमाउथ आएका थिए ।

क्रिस्टलअघि काहिलले चेल्सीमा लामो समय बिताएका थिए । चेल्सीमा ७ वर्ष बिताउदा काहिलले दुई प्रिमियर लिगको उपाधि र एक च्याम्पियन्स लिग जितेका थिए ।

काहिलले इंग्ल्यान्डका लगे ६१ खेल खेलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस