रामचन्द्र पौडेललाई भोट माग्दै निर्विरोध उम्मेदवार ‘दीपक मनाङे’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रामचन्द्र पौडेललाई भोट माग्दै निर्विरोध उम्मेदवार ‘दीपक मनाङे’


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै घरदैलोमा पुगेका छन् । बुधबार तनहुँ १ पुगेर गुरुङले पौडेललाई भोट दिन मतदातासँग अपिल गरेका हुन् । 

नेपाल काँग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार मनाङे बुधबार दिउँसो पौडेललाई भोट माग्दै घरदैलो हिँडेको बताए ।

यसअघि दीपक मनाङे एमाले र काँग्रेस दुवैको सहयोगमा प्रदेश सभामा निर्विरोध निर्वाचित भइसकेका छन् । यसअघि उनी कुनै पनि पार्टीमा खुलेका थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस