एमाले उम्मेदवार मियाविरुद्ध काँग्रेसले दियो उजुरी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एमाले उम्मेदवार मियाविरुद्ध काँग्रेसले दियो उजुरी


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । पर्सा-४ का एमाले उम्मेदवार जालिम मिया विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मियाले साम्प्रदायिक द्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै सोही क्षेत्रका काँग्रेस उम्मेदवार रमेश रिजालले उजुरी दिएका हुन् ।

हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा जालिमले भोजपुरी भाषामा पहाडी समुदायलाई गाली गरेको रिजालले उजुरीमा उल्लेख गरेका छन् । उनले निर्वाचन आचार संहिता विपरीत पहाडी समुदायलाई लक्षित गरेर गाली गलौच गरेकोले कानुन बमोजिम कारबाही गर्न माग गरेका हुन् ।

पहाडी समुदायलाई गाली गरेको भिडियो क्लिप सहित आयोगमा उजुरी गरिएको काँग्रेसका नेता राकेश यादवले जानकारी दिए । मियाको अभिव्यक्तिको भिडियो र लिखित निवेदन निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस