विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क लाग्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क लाग्ने


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले फिफा विश्वकप हेर्नका लागि अतिरिक्त शुल्क लिई प्रसारण गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाश कुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश जारी गरेको छ ।

फिफा विश्वकप २०२२ हेर्नका लागि पाँच सय अतिरिक्त लिइने मिडिया हबको निर्णयविरुद्ध परेको रिटमा आज पेसी तोकिएको थियो । सुनुवाइमा मिडिया हबको निर्णयलाई रोक लगाउन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश भएको छ ।

अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस