चुनाव त जितिसकेको छु, घोषणा हुन मात्र बाँकी छ : किसान श्रेष्ठ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

चुनाव त जितिसकेको छु, घोषणा हुन मात्र बाँकी छ : किसान श्रेष्ठ


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर-४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले निर्वाचन जितिसकेको तर घोषणा हुन मात्र बाँकी रहेको बताएका छन् ।

उनले जनताको अपार विश्वास पाएकाले आफू जित्नेमा ढुक्क रहेको समेत बताए । ‘निर्वाचनको नतिजा घोषणा गर्न मात्रै बाँकी छ । चुनाव त मैले जितिसकेको छु’, चुनावी प्रचारप्रसारका क्रममा बारामा भेटिएका श्रेष्ठले भने ‘बाराका जनताले काष्ठ र क्यास होइन विकास हेर्छन् ।’ यो क्षेत्रमा नेकपा एमालेले एकवाल मियाँलाई उम्मेदवार बनाएकाले श्रेष्ठको प्रतिस्पर्धा मियाँसँगै हुने देखिएको छ । 

नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठ अघिल्लो निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका थिए । यो पटक तनहुँ १ बाट काँग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार बनेपछि श्रेष्ठ बारा-४ बाट गठबन्धनका साझा उम्मेदवार बनेका हुन् । श्रेष्ठ तनहुँबाट बारा पुगेपछि कतिपयले उनलाई पर्यटक उम्मेदवार समेत भनेर टिप्पणी गर्ने गरेका छन् । तर यो टिप्पणीलाई श्रेष्ठ खण्डन गर्ने गरेका छन् । 

उनले आफ्नो पार्टी वाम लोकतान्त्रिक गठबन्धनमा सामेल रहेको र गठबन्धनका शीर्ष नेताहरूको सल्लाह र सुझाव अनुसार नै आफू बारामा निर्वाचन लड्न पुगेको बताए । श्रेष्ठले आफूले बारामा उम्मेदवारी दर्ता गर्नुअघि नै बाराका स्थानीय जनप्रतिनिधि र स्थानीय जनताले बाराबाट निर्वाचन लड्न अनुरोध गरेको समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस