केकीले काँग्रेसका नेता गगन थापाका लागि मागिन भोट ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केकीले काँग्रेसका नेता गगन थापाका लागि मागिन भोट !


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । नायिका केकी अधिकारीले काठमाडौँ-४ का नेपाली काँग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । यसअघि कुनै पनि राजनीतिक खेमामा नखुलेकी केकीले आफूलाई काँग्रेसको पक्षमा उभ्याएकी हुन् ।

केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा केकीले सफल राजनीतिज्ञको रूपमा गगनको उदय होस् भन्ने अपेक्षा व्यक्त गरेकी छन् ।

केकीले भनेकी छन्, ‘असल जनप्रतिनिधिको रूपमा आफ्नो यात्रा अघि बढाउन अपिल गर्छु । सफल राजनीतिज्ञको रूपमा दाइको उदय होस् भन्ने कामना गर्छु । राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवा भाव र इमानदारिता, संसद्प्रतिको लगाव प्रशंसनीय छ । कोभिड महामारीको समयमा उहाँले म र मेरा शुभचिन्तकको प्रश्नको जवाफ दिनुभएको थियो ।’

नेपाली कला, साहित्य, सङ्गीत र चलचित्रप्रति गगन थापाको अभिरुचि आफूले पाएको पनि उनले बताएकी छन् । उनले भनिन, ‘संसदमा उहाँले राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस