२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्राललयले अघि बढायो अतिरिक्त स्वास्थ्य सचिव बढुवा प्रक्रिया

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवाको अधिकृत बाह्रौ तह (अतिरिक्त स्वास्थ्य सचिव) पदको रिक्त दुई पदमा बढुवा प्रक्रिया अघि बढाएको छ ।

समितिले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक कर्मचारीले १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको छ । डा.श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको अवकाशपछि दुईवटा दरबन्दी रिक्त छ ।

बाह्रौं तहमा बढुवा हुनका लागि २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६ (१०) बमोजिम एघारौं तहमा कम्तीमा ३ वर्ष सेवा गरेका कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

सूचनामा उनीहरुलाई मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराई पेश गर्न भनिएको छ ।

बाह्रौं तहमा बढुवाका लागि १० जना भन्दा बढी कर्मचारी योग्य छन् । तर, दुर्गममा काम गरेको र सेवा अवधिका हिसाबले सबैभन्दा बढी नम्बर ल्याउने चार जनाको नाम स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने भएको छ । तीमध्येबाट दुईजना १२ औं तहमा बढुवा हुनेछन् ।

कार्य सम्पादन मूल्यांकनको आधारमा बाह्रौं तहमा डा. टंकप्रसाद बाराकोटी र डा.विकास देवकोटा बढुवा हुने निश्चितजस्तै देखिएको छ ।

कार्य सम्पादन मूल्यांकनमा अरुभन्दा यी दुईको नम्बर बढी देखिएको छ । डा.बाराकोटी यस अगाडि नै पहिलो नम्बरमा सिफारिस भएका थिए । तर, उनलाई रोकेर डा. संगीता कौशल मिश्राको बढुवा भएको थियो ।

हेर्नुस् सूचना :