भक्तपुरमा आगलागीमा परेर १ जनाको मृत्यु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भक्तपुरमा आगलागीमा परेर १ जनाको मृत्यु


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै आज (बुधबार) बिहान आगलागी हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २५ वर्षकी अस्मिता केसी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको थियो ।

आगालागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको उनले जानकारी दिए ।

बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण सङ्कलन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस