भरतपुरमा काँग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भरतपुरमा काँग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड


३० कार्तिक २०७९, बुधबार


चितवन । चितवन क्षेत्र नं.२ का नेपाली काँग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो ।

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरूको खोजी भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस