१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने पर्यटन बोर्डको तयारी

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने भएको छ । चलचित्र विकास बोर्डमा भएको बैठकमा पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले बोर्डले यस्तो तयारी गरिरहेको बताएका थिए ।

‘उचाइ’का निर्देशक र कलाकार नेपाल आउने अवस्था रहे राष्ट्रपति वा प्रधानमन्त्रीकै स्तरबाट सम्मान गरिने उनले बताए । यदि उनीहरू नेपाल आउने अवस्था नभएमा भने मुम्बई पुगेरै सम्मान गर्ने उनले जानकारी दिए ।

बैठकमा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्यटन बोर्डसँग बोर्डले सहकार्य गर्ने बताएका थिए । बोर्डले उचाइका निर्देशक र कलाकारको सुटिङ अनुभवसम्बन्धी भनाइलाई वेबसाइटमा समेत राख्ने भएको छ ।

उचाइका नेपाल वितरक सुनिल मानन्धरका अनुसार आगामी शुक्रबार सिभिल मलस्थित हलमा पर्यटन व्यवसायीले हल नै बुकिङ गरेर फिल्म हेर्ने भएका छन् ।

उचाइले मंगलबारसम्म नेपाली बक्स अफिसबाट १ करोड १५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । बुधबारदेखि सो र अकुपेन्सीमा पनि वृद्धि भएको छ । राम्रो वर्ड अफ माउथ भएकाले फिल्मले आउने साता पनि राम्रो कमाइ गर्ने अनुमान छ ।

बलिउड कम्पनी राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन् भने अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र परिणिती चोपडाको प्रमुख भूमिका छ ।

प्रतिक्रिया दिनुहोस