युएईद्वारा नेपाललाई १९२ रनको लक्ष्य « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

युएईद्वारा नेपाललाई १९२ रनको लक्ष्य


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ ।

पाहुना टोली युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनायो ।

युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भृत्य अरविन्दले २५ रन जोडे ।

बसिल हामिदले २४, कप्तान सिपी रिजवानले २२ तथा विष्णु शुकुमारनले १५ रन बनाए । युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३-३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १-१ विकेट लिए ।

आज नेपाल युएईविरुद्ध जितको खोजीमा रहेको छ ।  सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो ।

नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्त्वपूर्ण रहेको छ । युएई दोस्रो खेलमा जित निकाल्दै एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ ।

तीन खेलको सिरिजमा युएई १(० ले अघि रहेको छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १(१ को स्थितिमा ल्याउन चाहन्छ ।

युएई र नेपालबिचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस