९० दिन कार्यालयमा अनुपस्थित इन्जिनियर बर्खास्त, भविष्यमा सरकारी सेवाका लागि अयोग्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

९० दिन कार्यालयमा अनुपस्थित इन्जिनियर बर्खास्त, भविष्यमा सरकारी सेवाका लागि अयोग्य


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक इन्जिनियरलाई सेवाबाट बर्खास्त गरेको छ ।

मन्त्रालय मातहतको खानी तथा भूगर्भ विभाग पदाधिकार रहेका इन्जिनियर सेवा जियोलोजी समूह,जनरल जियोलोजी उपसमूह (राजपत्र तृतीय श्रेणी) जियोलोजिष्ट सन्तोष अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरिएको सूचनामा जनाइएको छ ।

७८ साउन १७ गतेदेखि विना सूचना र बिदा स्वीकृत समेत नगराई निजामती सेवा नियमावली अनुसार लगातार ९० दिन आफ्नो कार्यालयमा अनुपस्थित रहेको कसुरमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी सेवाबाट हटाउने विभागीयले सजाय गरेको छ ।

अधिकारीलाई यो सजाय चित्त नबुझेको खण्डमा प्रशासकीय अदालतमा समक्ष सूचना प्रकाशन भएको ३५ दिनभित्र पुनरावेदन गर्न सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस