मतदाताहरूको सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौँ : ईश्वर पोखरेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मतदाताहरूको सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौँ : ईश्वर पोखरेल


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ क्षेत्र नम्बर ५ का मतदाताहरूको सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ५ को बुढानीलकण्ठमा मङ्गलवार घरदैलोका क्रममा संचारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरू यसै क्षेत्रमा लामो समयदेखि जनताहरूमा भिजेकाले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । यस पटक मतदाताहरूले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताउँदै उनले आमनागरिकहरुको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचनमा एमालेले जित्ने विश्वास व्यक्त गरे । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा (एमाले) जनताको काम गरेर नै उचाईमा पुगेको बताए । विचार, सङ्गठन, नेतृत्व र जनताको काम गर्ने हिसाबले एमाले सङ्गठित रहेको बताउँदै उनले जनताको काम गरेर एमालेले बनाएको उचाइलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस