साडियो मानेले विश्वकपको पहिलो खेल गुमाउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

साडियो मानेले विश्वकपको पहिलो खेल गुमाउने


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । सेनेगलका स्टार फरवार्ड साडियो मानेले कतारको फिफा विश्वकप अन्तर्गत पहिलो खेल गुमाउने भएका छन्।

सेनेगल फुटबल फेडेरेसनले मंगलबार मानेले विश्वकपको पहिलो खेल गुमाउने जनाएको छ । खुट्टाको चोट बाबजुत माने सेनेगलको विश्वकप खेल्ने टोलीमा रहेका छन् ।

जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका थिए । कतार विश्वकपमा सेनेगल समूह ‘ए’मा रहेको छ ।

सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस