सांसद खरिद विक्री हुन थाले, खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्छ : उपेन्द्र यादव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सांसद खरिद विक्री हुन थाले, खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्छ : उपेन्द्र यादव


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा जोड दिएका छन् । मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ तोपामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘अहिलेको निर्वाचन प्रणाली अति नै खर्चिलो छ’ उनले भने, ‘पैसा नहुने तर निर्वाचनका लागि योग्य उम्मेदवारले पनि भाग लिन पाउने अवसरका लागि निर्वाचन प्रणालीमा सुधारको आवश्यक छ ।’ उनले अगाडि भने, ‘त्यसो भए मात्रै सांसदहरूको खरिद–बिक्री बन्द हुनेछ ।’ उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने पनि बताए । ‘सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक छ’ उनले भने । 

सप्तरीको विकास लागि शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारहरूको विकास आवश्यक रहेको बताउँदै उनले ती कार्यहरू सुरु भइसकेको र आगामी दिनमा पूरा गरेर छाड्ने प्रतिबद्धता जनाए । नेता यादवले पहिला छाता निर्वाचन चिन्ह लोकतान्त्रिक समाजवादी पार्टीकै रहेकोमा अहिले मधेसीको भावना विपरीत अल्गिएर गएका कारण उनीहरूको आगामी निर्वाचनमा ३ प्रतिशत पनि मत नपुग्ने दाबी गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस