काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा केपी शर्मा ओलीले महेश बस्नेतको अगाडि गठबन्धन फिक्का हुने दाबी गरेका छन् ।
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत राष्ट्र बचाउने र मुलुक बनाउने नेता भएकाले उनले जित्ने दाबी गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । महेश बस्नेतविरुद्धमा उम्मेदवारी दिने गठबन्धनका नेताहरू बाध्यताले मैदानमा उत्रिएको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले महेशसँग व्यर्थै लड्ने अघि बढिएछ भन्ने अवस्थामा पुगेको बताए ।
नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले आज बालकोटमा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूर्वमन्त्री बस्नेत मुलुक सङ्कट परेको समयमा जस्तोसुकै असहज परिस्थितिलाई समेत सहज रूपमा समाधान गर्न सक्ने एक डायनामिक लिडर भएको बताए ।
भक्तपुरका लागि मात्र नभई मुलुकको नै नेतृत्व युवा नेता बस्नेतले गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले मुलुकले खोजेको भक्तपुर क्षेत्र नं.२ का जनताले रोजेको नेता भएको बताए । महेशसँग हार्ने निश्चित भए पनि पार्टीका कारणले चुनावी मैदान छाड्न नमिलेको उनले टिप्पणी गरे ।
‘महेश बस्नेत सानै उमेरमा सफल मन्त्रीको रूपमा स्थापित नेता हुन् । भक्तपुरका लागि मात्र नभई मुलुककै लागि आवश्यक युवा नेताको पहिलो नम्बरमा महेश बस्नेतको नाम आउँछ, उनले थपे । भक्तपुर क्षेत्र नं. २ मा ७५ देखी ८० प्रतिशत जनताले महेश बस्नेतका लागि सूर्य चिह्नमा मतदान गर्नेमा विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले नेता बस्नेतले भक्तपुरमा भएको विकास र आगामी दिनको योजनाबाट आम नेपाली जनता नै हर्षित भएको दाबी गरे ।