२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेशका सिमानाका ७२ घण्टा बन्द हुने

अ+ अ-

काठमाडौँ । निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरू तीन दिन बन्द हुने भएका छन् ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न मंसिर १ गते राति १२ बजेदेखि सीमा नाका तीन दिन बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गरेर मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय नियमानुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

सुदूरपश्चिम प्रदेशसँग कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला गरी पाँच जिल्ला भारतसँग सीमा नाका जोडिएका छन् । सुदूरपश्चिमको कैलालीको गौरीफन्टा र खक्रौला, कञ्चनपुरको बेलौरी, गड्डाचौकी र ब्रहमदेव, डडेलधुराको पर्शुराम, बैतडीको झुलाघाट, पञ्चेश्वर र शिवनाथ, दार्चुलाको खल गालगायतका सीमा नाका जोडिएका छन् ।

पाँचै जिल्लाका प्रशासन अधिकारीहरूले सीमासँग जोडिएका भारतीय पक्षसँग सहकार्यका लागि संवाद भैसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस