देउवा र प्रचण्ड कर्णाली प्रदेशमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

देउवा र प्रचण्ड कर्णाली प्रदेशमा


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (मङ्गलवार) कर्णाली पुगेका छन् ।

कर्णालीका दुई चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड कर्णाली प्रदेश गएका हुन् ।

चुनावी कार्यक्रम अन्तर्गत देउवा र दाहालले दिउँसो २ बजे सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

आज नै दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । मङ्सिर-४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित संयुक्त लोकतान्त्रिक गठबन्धनको आमसभालाई देउवा र दाहालले सम्बोधन गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस