राप्रपाका प्रतिनिधि सभा उम्मेदवार काँग्रेसमा प्रवेश « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

राप्रपाका प्रतिनिधि सभा उम्मेदवार काँग्रेसमा प्रवेश


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी राप्रपाका जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मत माग्दै घरलैलो अभियानमा सक्रिय रहँदै आएका गैरे काँग्रेस प्रवेश गरेका हुन् । लामो समय राप्रपाको राजनीतिमा सक्रिय हुँदै आएका उनले एक विज्ञप्ति जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् ।

नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मितिदेखि मेरो उम्मेदवारी निष्क्रिय रहेको र काँग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ,’ विज्ञप्तिमा भनिएको छ ।

गैरेलाई नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको सदस्यता हस्तान्तरण गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस