विकासका लागि राजनीतिमा आएको हुँ : विनोद चौधरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विकासका लागि राजनीतिमा आएको हुँ : विनोद चौधरी


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विकासका लागि राजनीतिमा आएको बताएका छन् ।

चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिँदै आएका उनले यस्तो बताएका हुन् ।

नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले विकासका लागि आफ्नो जित आवश्यक रहेको पनि बताए ।

चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए । उनले मतदाताहरूले पनि यस पटक आफूलाई रुचाएको दाबी गरे ।

काँग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस