घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धताहरु सबै पूरा गर्छु : ईश्वर पोखरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धताहरु सबै पूरा गर्छु : ईश्वर पोखरेल


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताएका छन् । सोमवार काठमाडौँ क्षेत्र नम्बर ५ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौँ ५ का जनताले आफूलाई अत्याधिक बहुमत दिएर जिताए एमालेले चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताए ।

उनले काठमाडौँ क्षेत्र नम्बर ५ का मतदाता नेकपा एमालेका उम्मेद्वारहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताए । उनले वि.सं.२०७४ सालको निर्वाचनमा उम्मेदवार हुँदा गरेका प्रतिवद्धताहरु सबै पूरा गरेको दाबी गरे ।

काठमाडौं क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस