भारतमा प्रदीप खड्काले पाए डेब्यु अभिनेताको अवार्ड « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भारतमा प्रदीप खड्काले पाए डेब्यु अभिनेताको अवार्ड


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । भारतको आग्रामा भएको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदीपले उक्त अवार्ड हात पारेका हुन् । 

‘प्रेम गीत-३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मबाट उनले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । अवार्डकै लागि प्रदीप अहिले आग्रामा छन् । 

प्रदीप स्वयंले पनि आफ्नो फेसबुकमा अवार्ड लिएको तस्बिर पोस्ट गरेका छन् । ‘प्रेम गीत-३’ असोज ७ गते भारत र नेपालमा एकसाथ रिलिज भएको थियो । भारतमा हिन्दीमा डविङ गरेर रिलिज हुने ‘प्रेम गीत-३’ पहिलो नेपाली चलचित्र हो । 

‘प्रेम गीत-३’मा मुख्य भूमिकामा प्रदीप खड्का छन् । ‘प्रेम गीत-३’लाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस