युएईसँगको पहिलो एकदिवसीयमा नेपाल पराजित « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

युएईसँगको पहिलो एकदिवसीयमा नेपाल पराजित


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा युएईसँग नेपाल पराजित भएको छ। टियू क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा नेपाल ८५ रनको फराकिलो अन्तरले पराजित भएको हो । 

टस हारेर पहिले ब्याटिङ गर्दै युएईले नेपाललाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपाल पुरै ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रनमा समेटियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाउँदा बेब्युमै अर्धशतक प्रहार गर्दै अर्जुन साउदले ५१ रन बनाए। त्यस्तै गुल्सन झाले १९ रनको अविजित इनिङ खेल्दा उनी बाहेक थप दोहोरो रनको स्कोरका रूपमा आसिफ शेखले १२ रन बनाए।

कमजोर ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्ल शून्यमा रनमा पेभिलियन फर्किदा कप्तान रोहित पौडेलले १ रन बनाए। त्यस्तै हरिशंकर साहले ८ रन बनाउँदा कुशल भुर्तेलले ६ रन तथा सोमपाल कामीले ३ रन बनाए। त्यस्तै ललित राजवंशी ६ रनमा अविजित रहे।

त्यसअघि टियू मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो। युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाउँदा ओपनरहरू मुहम्मद वासिमले ४० र भ्रित्या अरविन्दले ४० रन बनाए।

उनीहरूले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए। त्यस्तै, अलिसान सर्फुले २९ रन बनाउँदा आयान अफ्जाल खान २६ रन बनाए।

त्यस्तै, अहम्मेद रजले २७ रन बनाउँदा बसिद हमिद १४ रनमा आउट भए। नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे।

Tags :
प्रतिक्रिया दिनुहोस