डोटी प्रशासनद्वारा एक साताका लागि सेवा स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटी प्रशासनद्वारा एक साताका लागि सेवा स्थगित


२८ कार्तिक २०७९, सोमबार


डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू एक साताको लागि स्थगित गरेको छ । 

मंशिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूको निर्वाचन २०७९ का लागि कार्यालयबाट कर्मचारीहरू विभिन्न स्थानमा खटीएछि कर्मचारी अभाव हुने हुँदा कात्तिक २९ गते देखि मंशिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू स्थगन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।

प्रशासकीय अधिकृत दीपा जोशीद्वारा हस्ताक्षरित एक सूचना मार्फत कात्तिक २९ गते देखि मंशिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू स्थगन गरिएको जानकारी गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस