प्रादेशिक सरुवा रोग अस्पताल अलपत्र « प्रशासन
Logo २१ मंसिर २०७९, बुधबार
   

प्रादेशिक सरुवा रोग अस्पताल अलपत्र


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । दुई वर्षअघि शिलान्यास भएको मोरङ सुन्दरहरैँचा नगरपालिका-११ स्थित प्रादेशिक सुरुवा अस्पताल अलपत्र अवस्थामा पुगेको छ । कुल रु २५ करोड लागतमा निर्माण हुने भनिएको अस्पतालका लागि आर्थिक वर्ष २०७६–७७ मा रु आठ करोड विनियोजन भएको थियो । तर हालसम्म काम भने सुरु हुन सकेको छैन । 

तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एक-एक वटा सरुवा रोग अस्पताल बनाउने योजना अनुसार तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरेका थिए । तर अस्पतालको शिलान्यास गरिएको ठाउँ भवन निर्माण बन्न सकेको छैन । शिलान्यास गरिएको स्थानमा यतिबेला तोरी उम्रिन थालेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी कृष्णप्रसाद न्यौपानेले बताए ।

अस्पताल शिलान्यासपछि आसपास क्षेत्रमा जग्गा बिक्री बढेको थियो । अस्पताल बन्ने सम्भावना देखेर यहाँ धेरैले घडेरी किनेका थिए । सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि कर्जुना पैनी किनारमा लामो समयदेखि सुकुम्बासी समेत खुसी भएका थिए । उनीहरूलाई तत्कालीन समयमा मन्त्री ढकाल, बिपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.ज्ञानेन्द्र गिरीले घरबासको व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस