२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसका बागी उम्मेदवार, समर्थक र प्रस्तावक पार्टी सदस्यबाटै निष्कासित

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट बागी उम्मेदवारी दिएका उम्मेदवार, समर्थक र प्रस्तावकलाई कारबाही गरेको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले एक विज्ञप्ति जारी गर्दै पाँच जनालाई लागि ५ वर्षका लागि निष्कासन गरेको जानकारी गराएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ।’

बागी, बागीका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकालाई समेत कारबाही गरेको कांग्रेसले जनाएको छ ।

यी हुन् निष्काशित भएकाहरू

१. मंगलबहादुर शाही – महासमिति सदस्य, हुम्ला।

२. धर्मेन्द्रप्रसाद यादव – क्रियाशील सदस्य, बारा ।

३. रविन्द्रप्रसाद यादव (रोशन) – महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य, बारा ।

४. वीरेन्द्रप्रसाद यादव – महाधिवेशन प्रतिनिधि, बारा ।

५. रामएकवालप्रसाद यादव (शिल्पु) – जिल्ला सदस्य, बारा ।