काँग्रेसका बागी उम्मेदवार, समर्थक र प्रस्तावक पार्टी सदस्यबाटै निष्कासित « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

काँग्रेसका बागी उम्मेदवार, समर्थक र प्रस्तावक पार्टी सदस्यबाटै निष्कासित


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट बागी उम्मेदवारी दिएका उम्मेदवार, समर्थक र प्रस्तावकलाई कारबाही गरेको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले एक विज्ञप्ति जारी गर्दै पाँच जनालाई लागि ५ वर्षका लागि निष्कासन गरेको जानकारी गराएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ।’

बागी, बागीका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकालाई समेत कारबाही गरेको कांग्रेसले जनाएको छ ।

यी हुन् निष्काशित भएकाहरू

१. मंगलबहादुर शाही – महासमिति सदस्य, हुम्ला।

२. धर्मेन्द्रप्रसाद यादव – क्रियाशील सदस्य, बारा ।

३. रविन्द्रप्रसाद यादव (रोशन) – महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य, बारा ।

४. वीरेन्द्रप्रसाद यादव – महाधिवेशन प्रतिनिधि, बारा ।

५. रामएकवालप्रसाद यादव (शिल्पु) – जिल्ला सदस्य, बारा ।

Tags :
प्रतिक्रिया दिनुहोस